एमालेकाे छुट्टै कार्यालय स्थापना गर्ने नेपाल गुटकाे तयारी

राष्टिय

काठमाडौँ। सत्तारूढ नेकपा एमालेक वरिष्ठ नेता माधवकुमार नेपालकाे गुटले छुट्टै कार्यालय खोलेर समानान्तार गतिविधिलाई निरन्तरता दिने भएको छ ।

नेता नेपालले युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा छुट्टै कार्यालय खोल्न भवन खोज्ने कार्य भइरहेको बताए ।

नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’

फागनु २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि पनि नेता नेपाल समूहले पार्टीको हित विपरित कार्य गरिरहेका छन् । त्यसका लागि पार्टीले स्पष्टिकरण सोधेर ६ महिनाका लागि निलम्बन पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *