एमाले महाधिवेशनमा यस्तो छ खानाको परिकार, चाैरासी व्यञ्जन

राष्टिय समाचार

नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ ।

टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका लागि पहिलो दिनको खानामा दाल भात, अचार तरकारीसहित कुखुरा र खसीको मासुका व्यञ्जन समेटेको छ ।

सलादमा मुला,गाँजर, काँक्रो, लगायत राखिएको छ भने भात नखानेलाई रोटीको व्यवस्था गरेको छ ।

डेर्जटमा दही जेरी राखिएको छ ।

एमालेको महाधिवेशनमा खाना खुवाउने जिम्मा ए वान पार्टी प्यालेसले पाएको छ ।

महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरपुर विज्ञापन गरेको छ ।

विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् । यसबाट एमालेमा विचारको बहसभन्दा पनि नेताको ‘देवत्वकरण’ ले प्रश्रय पाएको बुझ्न सकिन्छ ।

बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।

स्मरण रहोस् यसअघि केपी ओली सरकारमा रहेका बेला सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने दिनपनि यसैगरी बिजुलीका पोलमा ओलीका तस्बिर सजाइएका थिए । जसबापत नेकपा एमालेमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

एमालेले यो विधान महाधिवेशनलाई नेतामुखी नभएर नीतिमुखी हुने बताएको छ । आगामी मंसिरमा हुने दशौं महाधिवेशनले नेतृत्व चयन गर्ने भनिए पनि यो महाधिवेशन नीति निर्माणमै केन्द्रीत हुने नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 83 = 86