भाषण गर्दागर्दै एमाले अध्यक्ष ओलीलाई के भयाे एक्कासी, हजाराैँ नेता कार्यकर्ता स्तब्ध ?

राष्टिय समाचार समाज

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गरेपछि अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सम्बोधन भाषण पूरा गर्न सकेनन् ।

आफ्नो स्वास्थ्यका कारण उनले भाषण पूरा गर्न सकेनन् । आफूलाई रुघाखोकी लागेर सम्बोधनकै क्रममा असजिलो महसुस गरेपछि उनले नेता शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा दिए ।

त्यसपछि उनी आफ्नो आसनमा गएर बसे भने नेता पोखरेलले ओलीको लिखित भाषण परे ।

याे पनि पढ्नुस्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको सकारात्मक विरासत बोकेको पार्टी भएको बताएका छन् ।

शुक्रबार विधान महाधिवेशन उद्घाटनपछि आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

याे पनि पढ्नुस्, एमालेमा ५ उपाध्यक्ष, ६ सचिव र २१२ जना केन्द्रीय सदस्य रहने प्रस्ताव

नेकपा एमालेले विधान महाधिवेशनमा उपमहासचिव पद खारेज गरी ५ उपाध्यक्ष रहने प्रस्ताव लगेको छ । विधान महाधिवेशनमा पेस भएको मस्यौदामा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ६ जना सचिव र २१२ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ ।

यसअघि तीन उपाध्यक्ष र २ उपमहासचिवको व्यवस्था गरिएको थियो । त्यस्तै एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाई महिलासहित समावेशी केन्द्रीय कमिटी गठन गर्ने प्रस्तावसमेत लगेको छ ।

एमालेले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाएको छ । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने वैधानिक व्यवस्था रहेको थियो । त्यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटीको बैठकमा उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा ३ जना उपाध्यक्ष र ७ सचिवको प्रस्ताव राखेका थिए । तर पछि समूहगत छलफलमा सचिव र उपाध्यक्षको संख्या समान गर्ने प्रस्ताव आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 5