नेपाली कांग्रेस कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरे

राष्टिय समाचार समाज

बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् ।

कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख) मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कांग्रेस कार्यकर्ताले एम्बुलेन्सको अगाडिको सीसा फुटाइदिएका हुन् । घटना बिहीबार राति भएको हो ।

एम्बुलेन्स भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाजुराले सञ्चालन गरिरहेको थियो । मर्मत गरेर ल्याइएको एम्बुलेन्समा तोडफोड भइको रेडक्रस बाजुराका सभापति रमबहादुर शाहीले बताए ।

संसद विघटन गर्नका लागि तानाबाना बुनिदैछ – चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेकपा एमालेले फेरि पनि संसद् विघटन गर्नका लागि तानाबाना बुनिरहेको आरोप लगाएका छन् । संसद् अवरुद्ध गरेर एमालेले हलो अड्काएर गोरु चुट्न खोजेको पनि उनले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “एमाले अध्यक्ष केपी शर्मा ओलीजीले दुई चोटि प्रतिनिधिसभा भत्काउनुभयो ।

हामीले पुनःस्थापना गरेपछि पनि भत्काउनका लागि सांसदहरुलाई उफारिरहनुभएको छ । ओलीजीलाई त संसद् देख्नै नहुनी रहेछ । ओलीजीले सत्ताबाट हट्नुपरेको पिरलो र बदलाको भावनाले संसद्लाई अनिर्णयको बन्दी बनाइरहनुभएको छ । उहाँ संसद्लाई फेरि पनि भत्काउन लाख कोसिस गरिरहनुभएको छ ।

नेता केसीले ओलीले देशलाई रमिता बनाउन खोजेको आरोप पनि लगाए । उनले थपे, “ओलीले संविधानमा नै नभएको व्यवस्था अनुसार संसद् भत्काउनुभयो ।

अरु देशको कानुनको कुरा जिद्दी र ढिपी गरेर हुन्छ रु संसद्को आयु अझै एकाध वर्ष छ । कोभिडका बेला मुलुकलाई जबर्जस्ती चुनावमा धकेल्नै हुन्न । त्यो रमिता त देखाउने कुरा मात्रै हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − = 14