मैले गरेकाे संसद वि’घटन ठीक थियाे : अध्यक्ष ओली

राष्टिय समाचार समाज

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने कुरा जहिल्यै पनि ठीक भएको बताएका छन् ।

उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’ त्यस्तै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोचि विचारी नै गरेको पनि बताए ।

‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन’, अध्यक्ष ओलीको भनाइ छ ।

याे पनि समाचार, घनश्याम भुसालले राखे अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राखेका छन् ।

पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि बढ्नै नसकिने तर्क गरेका हुन् ।

भुसालले जनताको बहुदलीय जनवादकोबारेमा धेरै कुरा राखेपनि यो के होे भन्ने कुरा नै नभनेर जान नसिकिने बताए ।

बैठकपछि उनले भने, ‘जनताको बहुदलीय जनवाद के हो भन्ने कुरा हामीले अहिलेसम्म परिभाषित गरेका छैनौ । यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौं ।

यसलाई हामीले परिपूर्ण गराऔं भन्ने मेरो कुरा हो ।’ भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गरे ।

उपमहासचिव भुसालले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको उल्लेख गर्दै त्यसमा हामी भित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताए ।

त्यसैगरी उनले समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको बताए ।

उनले भने, ‘दस्तावेजहरुमा धेरै कुराहरु आवश्यक र उचित कुराहरु पनि छन् । तर त्यसमा चाहिँ नपुगेका केही आधारभूत कुराहरु पनि छन् भन्ने मेरो भनाई हो । मलाई लागेको त्यो हो–जुन मैले बैठकमा राखेको छु ।

स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा पनि राखेको छु । तीन वटा कुरामा खासगरी अहिले कम्युनिष्ट आन्दोलनले जुन धक्का खाएको छ । त्यो धक्का सानोतिनो छैन । त्यस बारेमा पनि हामीले नलुकाई दुनियाँको सामुन्ने भन्न सक्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 89 = 93