राम कुमारी झाँक्रीले थुतुनाे सम्हाल्न नसक्दा अन्तरवार्ता दिँदा-दिँदै खुस्कियाे बोल्नै नहुने शब्द ….

राष्टिय समाचार समाज

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीको जिब्रो चिप्लिएको छ । एक टेलिभिजन अन्तरवार्तामा क्रममा झाँक्री क्री बोल्नै नहुने शब्द बोलेर चिप्लिएकी हुन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा दिक्क भएर उनी ‘हे भगवान’ भन्दै चिप्लिएर शब्द उच्चारण गरेकी हुन् । कम्युनिस्टहरुले संसारमा भगवान छन् भन्नेमा विश्वास गर्दैनन् ।

धमलाले तपाई मन्त्री भएपछि भ्रष्टाचार गर्नु हुन्छ की हुन्न भनेर सोधेको प्रश्नमा झाक्रीले ‘हे भगवान’ भन्दै जवाफको सुरुवात गरेकी थिइन् । ‘हे भग…’ भगवान पनि कसरी भन्नु !

भौतिकवादी मान्छेले भगवान भन्यो भन्लान् ।’ उनले भनेकी छन्, ‘कस्तो धारणा के । मान्छे भ्रष्टाचार गर्न जाने भन्या ! कस्तो गलत धारण । म चाँही यो धारणा फेर्न चाहान्छु ।’

‘मन्त्री अथवा सांसद राजकीय मामलामा जाने मान्छेले राज्यको उपल्लो तहमा गएर श्रोतको दुरुपयोग गर्नु गलत हो ।’ उनले भनिन्, ‘राजनीति भनेको शक्तिको प्राप्ती हो । र त्यसको न्योचित वितरण र विनियोजना हो । यो चिजलाई सिद्धान्तत व्यवहारमा लागु गर्नु च्यालेन्जिङ काम हो ।’

‘म पब्लिक अडिटमै छु । मेरा सम्पूर्ण कुराहरु यहाँहरुले नियालीरहनु भएको छ ।’ उनले भनिन्, ‘म जनताको अग्नी परिक्षामा छु । मैले पद पाएको खण्डमा पनि गलत गर्ने छैन् ।’

उनले आफू मन्त्री बन्न भन्दा पनि पार्टी निर्माणतीर केन्द्रीत हुन चाहेको बताएकी छन् । ‘म लगायत युवा साथीहरुले सरकारमा जाने भन्दा पनि पार्टी बनाउन केन्द्रीत भएको भए हुन्थ्यो भन्ने भएको छ ।’

उनले भनिन्, ‘तर पनि पार्टीले गरेको निर्णयमा नाई भन्ने कुरा भएन् । बिचार मिल्नेहरुको सानो पार्टी बनाएका छौँ । सानो पार्टीले गरेको निर्णयहरु मान्ने हाम्रो कर्तव्य हो ।’

उनले आफू जुनसुकै मन्त्रालय दिएपनि चलाउन सक्षम भएको बताएकी छन् । ‘तपाई कुन मन्त्री बन्दै हुनुहुन्छ ?’ भन्ने धमलाको प्रश्नमा झाँक्रीले भनिन्, ‘फेरी यो कुुरा कहाँबाट आयो । रोजी छानी पनि मन्त्री बन्न पाइन्छ ? यो वा त्यो होइन् म पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वत पुरा गर्न सक्षम छु ।’

राजनीति गर्ने मान्छे अबस्य मन्त्री बन्न सक्ने भन्दै आजसम्म पार्टी अध्यक्ष माधवकुमार नेपालले कुन मन्त्री बनाउँ भनेर नभएको खुलासा गरिन् ।

‘पार्टी अध्यक्षले मलाई कुन मन्त्रालय रोज्नुहुन्छ भनेर भन्नु भएको छैन्, तपाईले कसरी सोध्नुभयो ।’ धमलालाई उल्टै प्रश्न गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 + = 55