तीज सकिएपछि गायिका विष्णु माझीलाई खाेज्दै माईतीघरमा पुग्यो प्र’हरी: आयो यस्तो जवाफ…

राष्टिय समाचार समाज

काठमाडौँ । गायिका विष्णु माझीलाई खोझ्दै प्र’हरी उनको माइतीघर पुगेको छ ।

भूमिगतजस्तै रहेकी गायिका माझीको अवस्थाबारे बुझ्न प्र’हरी उनको माइतीघर पुगेको हो । स्याङ्जाको चापाकोटस्थित माझीको माइतीघर पुगेर उनको अवस्थाबारे बुझ्ने काम भएको स्याङ्जा प्र’हरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।

श्रीमान सुन्दरमणि अधिकारीको शब्दमा माझीले गाएको ‘चरी जे’लैमा’ बोलको गीत यतिबेला निकै नै चर्चामा रहेको छ ।

लामो समयदेखि सार्वजनिक नभएकी माझीलाई उनका श्रीमान सुन्दरमणिले बाहिर आउन नदिएको हल्लाहरु बारम्बार चल्ने गरे पनि प्र’हरी प्रशासनले पुष्टि गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि माझीको अवस्था बुझ्न प्र’हरी माइतीघर पुगेपछि माइतीले तीन वर्षदेखि छोरी घर नआएको जानकारी गराए ।

तर परिवारसँग भने गायिका माझी नियमित सम्पर्कमा रहेको एसपी बोगटीले बताए । तर माइती पक्षले समेत माझी कहाँ बस्छिन् भनेर बताउन नचाहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 + = 68