एमसीसी सम्झौताको विरुद्धमा उभिन विप्लवको आह्वान, खुल्ला मञ्चबाट देउवालाई दिए यस्ताे कडा चुनाैती

राष्टिय समाचार समाज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विप्लवले एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने बताएका छन् ।

एमसीसीबिरुद्ध सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेकाले त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको बताएका हुन् ।

उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे । महासचिव विप्लवले एमसीसी सम्झौताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराएका छन् ।

विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताए । उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए ।

विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ हुँदा गाह्रो भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिमा आपत्ति जनाए ।

‘प्रधानमन्त्री देउवालेसमेत कुरै बुझेको छैन भनेछन् । पढेर त मान्छेले भनिराखेको छ । त्यसै भन्छ?’ विप्लवले प्रश्न गरे, ‘यहाँ प्रधानमन्त्री निवासको जमिन बेचेर खाने मान्छेले के भन्छ भन्दा तपाईले बुझ्नु भा’छ छैन । वैदेशिक रोजगारीमा नेपाली ठग्नेले भन्छ, तपाईंहरूले बुझेको छैन ।’

नेता विप्लवले जसले वास्तविक बुझेको छ उसले विरुद्धमा बोलेको पनि तर्क गरे । ‘जसले बुझेर बाकस मात्रै देखेको छ, डलर मात्रै देखेको छ, उसले बुझपचाएको छ,’ उनले भने,

‘कुरा जनताले होइन देशका दलालले नबुझेका हुन् । नेपालभन्दा एमसीसीमा बढी तलब पाउँदा सचिवको आँखा बन्द भएको हो । उनले जनताले कुरा बुझेको होइन भन्छ । यहाँको सरकारभन्दा राम्रो डलर दिएपछि मान्छेहरू गुणगान गाइरहेका छन् ।’

विप्लवले कुरा बुझेरै अधिकार लागि लडेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + = 21