माओवादी केन्द्रमा गयो भुकम्प – सचिवालय सदस्यसहित ७१ जना एमालेमा प्रवेश

राष्टिय समाचार समाज

चितवन । नेपाल कम्युनिष्ट माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीका सचिवालय सदस्य बोध बहादुर गोले नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको छ ।

एमालेको आज इच्छाकामना ७ स्थित सिमलढापमा भएको वडा कार्यकर्ता भेलामा माओवादी केन्द्रका गाउँ कमिटी सचिवालय सदस्य गोलेसहित ७१ जना एमालेमा प्रवेश गरेका हुन ।

गोलेसँगै ६१ जना माओवादी केन्द्रका कार्यकर्ताहरु र नेपाली कांग्रेसका १० जना कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेको इन्चार्ज गुरुङले बताउनुभयो ।

तत्कालिन स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेद्वार समेत रहेका गोलेलाई भुमि समस्या सम्बन्धि आयोगका अध्यक्ष एवम् एमाले केन्द्रीय सद्स्य देबि ज्ञवाली,

एमाले जिल्ला अध्यक्ष एवं सांसद कृष्ण भक्त्त पोखरेल लगायतले टिका लगाएर पार्टी प्रवेश गराएको एमाले इच्छाकामनाका इन्चार्ज दान बहादुर गुरुङले जानकारी दिनुभयो ।

याे पनि, कांग्रेस–माओवादीमा पार्टी परित्याग गर्ने लहर, देउवा-प्रचण्ड तनावमा

भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका छन् ।

शुक्रवार नेकपा एमाले मध्यपुर थिमी नगरपालिका वडा नं. १ वडा संगठन कमिटीले आयोजना गरेको राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमी नगरपालिका वडा नं १ वडा कमिटी घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ५५ जना एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले अविर तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेशीले कांग्रेस–माओवादीले जनताको आवाज र आवश्यकतालाई पुरा गर्न नसकेको आरोप लगाउँदै एमालेको विकल्प नभएकाले एमालेमा नै प्रवेश गरेको उल्लेख गरे ।

कांग्रेस–माओवादी देश र जनताको पक्षमा नभई विदेशीको इसारामा मुलुकलाई अस्थिरताको खाडमा डुवाउने खेलमा लागेकाले मुलुककको रक्षा तथा विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याउन एमालेको विकल्प नभएको नवप्रवेशीले दावी गरे ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले एमाले नेपाली युवाहरुको एकमात्र पार्टी भएको उल्लेख गर्दै नवप्रवेशीले हिजो आशका भरमा राजनीति गर्नुपर्नेमा अव आफै नेतृत्व गर्ने ठाउँमा आएको बताउनुभयो ।

योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिई पार्टी तथा मुलुक निर्माणको अभियानमा लाग्न नवप्रवेशी तथा आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

निर्वाचन आउनै लागेको समयमा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नेता बस्नेतले कांग्रेस, माओवादी तथा माधव नेपालको पार्टीले भक्तपुरमा एमालेलाई चुनौति दिन नसक्ने समेत ठोकुवा गर्नुभयो ।

माओवादीले अघिल्लो निर्वाचनमा समेत एक वटा वडा समेत जित्न नसकेको स्मरण गराउँदै नेता बस्नेतले आगामी निर्वाचनमा भक्तपुरमा माओवादीको जमानत जफत हुने समेत दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.

49 + = 58