दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

राष्टिय समाचार समाज

काठमाडौं । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।

संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

२०७४ को आम चुनावको मुखमा तत्कालीन शेरबहादुर देउवा सकरारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।

चुनावपछि आएको ओली सरकारले त्यसलाई खारेज गर्‍यो, जसका कारण जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बिरामीको प्रमाणपत्र पाएकाहरुले पनि भत्ता पाएका थिएनन् ।

स्पाइनल इन्जुरी पीडित संघर्ष समितिले ओली सरकारको निर्णयविरुद्ध सडक आन्दोलन समेत गरेको थियो ।

अहिले आफैं प्रधानमन्त्री भएको समयमा कांग्रेस सभापति देउवाले यसलाई फेरि अघि बढाउने भएका छन् । सरकारी तथ्यांकअनुसार देउवा सरकारको पूर्ववत निर्णयअनुसार मासिक करिव एक लाखलाई भत्ता दिनुपर्छ ।

याे पनि, युट्युब, फेसबुकलगायतबाट आर्जित आम्दानीमा १ प्रतिशत कर

सरकारले युट्युव, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत् आर्जित आम्दानीमा १ प्रतिशत कर लगाउने भएको छ । सामाजिक सञ्जालमा अपलोड गरिएको सामाग्रीमार्फत् प्राप्त भुक्तानीमा बैंकमार्फत् स्वतः १ प्रतिशत कर काट्ने भएको हो ।

आज अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थान विधेयकमार्फत् बजेट प्रस्तुत गर्दै १ प्रतिशत कर काट्ने उल्लेख गरेका हुन् ।

एमाले सांसदहरुको नारावाजीबीच प्रस्तुत बजेट पेश समेत गरेका छन् । उनले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − = 11