सभामुखलाई एमालेको प्रश्न : दल विभाजनको मोतियार किन बनेकाे ?

राष्टिय समाचार समाज

काठमाडाैं । नेकपा एमालेले नेकपा एमालेले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन र पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप लगाए ।

‘नेकपा एमालेले कारबाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’ उनले भने । प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानुन, नियम, विधि सारा विषय उल्लंघन गरिएको बताए ।

प्रमुख सचेतक भट्टराईले एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भएसम्म संसद चल्न नदिने अडान राखेर बुधबारको बैठक अवरुद्ध गरेको छ ।

जवाफमा सभामुख अग्नीप्रसाद सापकोटाले संसद नियमावली २०७५ को नियम २१ खण्ड (ख) र (ग) अनुसार आफूले कदम चालेको बताए । सो व्यवस्था अध्ययन गर्न उहाँले एमाले सांसदहरुलाई आग्रह गरे । संसदको गरिमा र मर्यादाबाहिर नजान पनि उनले सांसदहरुलाई आग्रह पनि गरे।

एमाले सांसदको नाराबाजीपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 2