माधवको पार्टीबाट ६ मन्त्री फाइनल !

राष्टिय समाचार समाज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पर्सी (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत पूण्र्ता दिन नसकेको भनेर आलोचना भैरहेको थियो ।

तर, गठबन्धनमा आवद्ध दलका नेताहरुसँग सहमतिमा प्रधानमन्त्री देउवाले यही बुधबार सरकारलाई पूणर्ता दिने भएका हुन् । मन्त्रालयको भागबण्डासमेत भैसकेको छ ।

कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ भने नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले ६÷६ वटा मन्त्रालय पाउने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य डा. विजय पौडेलले मन्त्रिपरिषद् विस्तार अब ढिलो नहुने बताए ।

उनले भने,‘भोलि सबै कुरा टुँगो लगाउने कार्यक्रम छ । यसबारेमा हामी भोलि फेरि बस्छौं । मलाई लाग्छ, पर्सी मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ पछिल्लो समय गठबन्धनमा आवद्ध दलहरुबीच खटपट सुरु भएको भन्ने चर्चा थियो ।

याे पनि समाचार, प्रचण्डले माओवादी पार्टी नै विघटन गर्दै, सयौं कार्यकर्ता अगाडि भयो यस्तो घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नै विघटन गर्ने प्रस्ताव गरेका छन् ।

सयभन्दा बढी नेताहरुलाई मन्त्री बनाए पनि पार्टी बलियो भन्दा कमजोर हुँदै गएकाले विघटन गर्ने प्रचण्डको प्रस्ताव छ । हालै प्रचण्डले पार्टीका सबै सांसदले मन्त्री बन्न खोजेको भन्दै आफू तनावमा रहेको बताएका थिए ।

प्रचण्डले मन्त्री छान्न नसक्दा ५० दिनयता मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । त्यसमाथि माओवादी आफै पनि कमजोर बन्दै गएको छ । यस्तोमा प्रचण्डले प्रदेशका नेताहरु प्रशिक्षण दिँदै यस्तोमा प्रचण्डले पार्टी बनाउन नसक्ने हो भने विघटन गर्नुपर्ने प्रस्ताव ल्याएका हुन् ।

पार्टी कसैले नबनाउने, खाली मन्त्रीमात्रै बन्न खोज्दा पार्टी बन्न नसकेको प्रचण्डको गुनासो नेता कार्यकर्तासमक्ष थियो । प्रचण्डले पार्टी चुस्त नबनाउने हो भने विघटन गर्नुपर्ने प्रस्ताव गरेको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए ।

अब पनि पार्टी निर्माण गर्न नसक्ने हो विघटन गरेर राजनीतिबाट सन्यास लिनुपर्ने प्रचण्डको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 + = 84