यस्तो पो रहेछ गगन थापा रातारात युटर्न हुनुको रहस्य ! खुल्याे भित्री कुराे

राष्टिय समाचार समाज

काठमाडाैं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका छन्। यसअघि कृष्णप्रसाद सिटौलको क्याम्पमा रहँदै आएका थापा बिहीबार रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन्।

पौडेल पक्षले आउँदो महाधिवेशनबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापा सहभागी भएका हुन्। यससँगै उनले आउँदो महाविधेशनमा पौडेल क्याम्पबाट प्रतिस्पर्धा गर्ने संकेत गरेका छन्।

थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्री पदमा लडेका थिए। त्यसबेला पौडेल समूहबाट महामन्त्री उठेका शशांक कोइराला विजयी भए भने महामन्त्रीका उम्मेदवारद्वय अर्जुननरसिंह केसी र गगन थापा पराजित भएका थिए।

केसी पनि अहिले पौडेल समूहमै छन्। १३ औं महाधिवेशनमा केसी शेरबहादुर देउवा समूहबाट महामन्त्री लडेका थिए। थापानिकट स्रोतका अनुसार अब संस्थापनइतर समूहबाट थापा १४ औं महाधिवेशमा महामन्त्री पदको उम्मेदवार हुन्छन्।

तर थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भने अब महामन्त्री उठ्ने पक्षमा छैनन्। सिटौलाले प्रदीप पौडेललाई च्यापेपछि गगन शेखर कोइराला कित्तामा पुगेक छन् ।

बिहीबार सानेपामा जाँदा पनि शेखर र गगनसँगसँगै गएका थिए । गगनले शेखर रोजेपछि सिटौला पनि उनीसँग असन्तुष्ट भएका छन् । सिटौला भन्दा शेखरको क्रेस राम्रो देखिएपछि गुट परिवर्तन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

39 − = 36