भर्खरै ! कास्कीमा पहिरोले पुरिएर पाँच जनाको मृ’त्यु [ अपडेट ]

राष्टिय समाचार समाज

पोखरा । कास्कीको पोखरामा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पुरिएर पाँच जनाको मृ’त्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । अरु पाँचजना घाइते भएको कास्कीका प्र’ह’री प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी श्रीमती ३५ वर्षिया सुनमाया तामाङको मृ’त्यु भएको थापाले जानकारी दिए । उनीहरुका तीनवर्षका छोरा सन्तोष बेपत्ता छन् भने अर्का ९ वर्षीयय छोरा राजकुमार घाइते भएका छन् ।

सुनमायाको घटनास्थलमै र श्रेष्ठको अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

त्यस्तै पोखरा–२० भलामको मुलाबारी देउरालीमा घर भत्किँदा २९ वर्षीया विष्णु सार्की र उनका ८ वर्षका छोरा सन्तोष सार्कीको पनि मृत्य भएको थापाले जानकारी दिए ।

त्यस्तै पोखरा–११ नमूनाटोलस्थित घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्मण सार्कीको मृत्यु भएको पनि डिएसपी हमालले बताए । उनकी १४ वर्षीया छोरी श्रृष्टि उपचारपछि घर फर्केकी छिन् । त्यस्तै पोखरा–११ बसेरीमा पनि पहिरोमा परेर तीनजना घाइते भएको छन् ।

बुधबार बेलुकी परेको भीषण वर्षापछि पोखरा आसपासका क्षेत्रमा पहिरो आएको छ । पहिरोले पोखरा २० मा धेरै क्षति गरेको पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले बताए ।

पोखरामा केही वर्षयता अस्वभाविक वर्षा भैरहेको छ । जमिनभित्रको चुनसँग पानी मिसिँदा ठाउँठाउँमा भासिएको छ । पोखराभरीका सडकमा खोला बगेको थियो ।

पोखरा ५ स्थित फिर्के पुल बगाएको छ भने विभिन्न छोरेपाटन, कमलपोखरी, लेखनाथ क्षेत्रका केही भागमा डुवान भएको थियो । पोखरामा वितेको २४ घण्टामा २ सय २१ दशमलव ४ मिलिमिटर पानी परेको हावापानी कार्यालय पोखराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 + = 74