सावधान फ्री वाईफाई चलाउँदा नगर्नुहाेस् यस्ता गल्ती, फाेन ह्याक हुनसक्छ !

राष्टिय समाज

काठमाडाैं । पछिल्लो समय वाईफाई अर्थात इन्टरनेट मानव जिवनको अभिन्न अङ्ग जस्तै बनेको छ । जहाँ हुँदा र जाँदा पनि सबैभन्दा पहिला मानिसलाई इन्टरनेट नै चाहिन्छ । किनकी मानिस इन्टरनेटमा लिप्त भइसकेको छ भने विना इन्टरनेट बस्ने नसक्ने अवस्थामा पुगेको छ ।

अहिले काठमाडौंको प्राय अघिकांश चोकमा कुनै न कुनै कम्पनीले फ्रि वाईफाई जोडिदिएकै हुन्छ । पछिल्लो समय काठमाडौं उपत्यका र देशभबाहिर पनि वल्र्डलिङ्कले सबैभन्दा धेरै फ्रि वाईफाई विस्तार गर्दै गएको छ ।

त्यहि फ्रि वाईफाई सेवाग्राहीले मोबाइलमा जतिसक्दो छिटो कनेक्ट गरेर मोबाइल मार्फत नै वित्तिय गतिविधि गरिरहेका हुन्छ । काठमाडौंका चोकहरुमा यतिवेला वाईफाईमय नै रहेका छ । अझ भन्ने हो भने उपत्यका नेपालमा जडान भएका फ्रि वाईफाई सुरक्षित नभएको एक अध्ययनले पनि जनाएको छ ।

यो सेवा निः शुल्क सेवा मात्र नभइ ह्याकरको निशानामा पर्ने एक माध्यम पनि हो । फ्रि वाईफाई आफ्नो मोबाइलमा कनेक्ट गर्दा त्यहाँ आफ्नो विभिन्न विवरण समेत भर्नु पर्ने हुन्छ जुन सुरक्षित हुँदैन ।

त्यहि विवरणको आधारमा साइवर हमलामापनि पर्न सकिदैन भन्न सकिन्न् । जुन बेला हामीले उक्त फ्रि वाईफाई कनेक्ट गछौं ह्याकरहरुले यस मार्फत हाम्रो फोन ब्रेक अथावा फोनमा अनाधिकृत पहुँच पुर्याउन सक्छन् ।

फ्रि वाईफाई भएको स्थानबाट कुनैपनि भुक्तानी सेवाप्रदायकको एप, मोबाइल बैंकिङ् मार्फत वित्तिय क्रियाकलाप नगर्दा राम्रो हुन्छ । किनकी त्यो अवस्थामा जुनसुकै समयमा ह्याकरको निशानमा पर्न सकिन्छ ।

सकेसम्म सार्वजनिक ठाउँमा निः शुल्क वाईफाई वा सार्वजनिक वाईफाईको उपयोग नगरेकै राम्रो हुन्छ । किनकि त्यो नेटवर्क सुरक्षित हुँदैन । धेरै सुरक्षा भंग अर्थात सेक्यूरिटी ब्रिचका घटनाहरु सार्वजनिक वाईफाईको माध्यमबाट गरिन्छ ।

ह्याकरहरुले सजिलैसंग सार्वजनिक वाईफाईको माध्यमबाट स्मार्टफोन को उपयोग गर्न सक्छन्। पब्लिक वाईफाई चलाएर अनलाइन कारोबार जस्ता सेवाहरुको उपयोग गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 53 = 63