को-को छन् त काँग्रेसमा मन्त्री बन्ने दौडमा ? गगन थापा बन्लान् ?

Uncategorized राष्टिय

काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् ।

बिहीबा विहान बालुवाटारमा गठबन्धनका नेताहरुसँगको छलफपछि देउवाले आजै मन्त्रिमण्डल विस्तार गर्ने बुझिएको छ ।

काँग्रेसबाट मन्त्री हुने दौडमा देउवा पक्षबाट नेताहरु डा. नारायण खड्का, पुष्पा भुसाल, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्माको चर्चा अगाडी आइरहेको छ ।

त्यस्तै, पौडेल पक्षबाबाट सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीलगायत लाइनमा छन् ।

उता सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानको चर्चा छ ।

गगन थापालाई स्वास्थ्य मन्त्री बनाउनका लागि पार्टी भित्र तथा बाहिरबाटै कुरा उठे पनि काँग्रेसकै नेताहरुको समूहले थापालाई बाइपास गर्न लागेको बताइएको छ ।

याे पनि समाचार 

मन्त्रीको भागवण्डाः कुन पार्टीले कति मन्त्रालय पाउने ?

सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ ।

बिहीबार ठबन्धनको बैठकले एमालेका माधवकुमार नेपाल पक्षबिना नै मन्त्रिमण्डललाई पूर्णता दिने सहमति गरेको हो ।

काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयहरु लिने तथा नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा भागबण्डा दिने सहमति गरिएको बताइएको छ ।

बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने बताइएको छ ।

बाँकी ३ जना राज्यमन्त्री बनाइने तर कसले पाउनेबारे भनिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 81 = 88