भरतपुरमा युवकको शवसँगै गोलीको खोका पनि भेटियो

राष्टिय समाचार

भरतपुर । चितवनको भरतपुर महानगरपालिका– १७ स्थित बनगाई डेरी चोक नजिकै एक युवकको शव फेला परेको छ ।

अन्दाजी ३० वर्षीय युवकको शव शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन ।

डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटोतर्फको बीचमा रहेको घोलमा युवकको शव फेला परेको हो ।

शव डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको छ ।

घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिएका छन् ।

याे पनि समाचार 

बाँकेको डुडुवा खोलामा डुबेर तीन जना युवाको मृत्यु

पौडी खेल्ने क्रममा बाँकेको डुडुवा खोलामा डुबेका तीन जना युवा मृत भेटिएका छन् ।

बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेका नेपालगन्जका तीन जना युवाको शव भेटिएको बाँके जिल्लाका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

कोहलपुर १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षीय राशिद जसगढ, सोही ठाउँका १८ वर्षिए अरमान जसगढ र १६ वर्षीय आरिफ जसगढको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनीहरुको सुरक्षाकर्मीको सहयोगमा खोजी गरिएको थियो । तर उनीहरु सबै मृत अवस्थामा भेटिएका हुन् । मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *