थप २ हजार ८३८ जनामा कोरोना संक्रमण, ३० को मृत्यु, १४ सय १५ निको

राष्टिय समाचार

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ८३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ६२८ र एन्टिजेन विधिबाट ३ हजार एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ८३८ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४१५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ जना रहेको छ ।

२४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

याे पनि समाचार 

१८ वर्ष माथिका नागरिकलाई पनि जोन्सन एण्ड जोन्सन खोप दिइने

कोरोनाविरुद्धको अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन खोप १८ वर्ष माथिका नागरिकलाई दिइने भएको छ ।

काठमाडौँमा वुधबारबाट १८ वर्ष माथिका नागरिकलाई उक्त खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

त्यसका लागि विभागले काठमाडौँ जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गरेको छ ।

विभागका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई १ लाख ४० हजार मात्रा खोप दिने लक्ष्य राखिएकोमा २ दिनमा ४० हजार मात्रा खोप लगाइएको छ । यहि बीचमा १८ वर्ष उमेर समूहलाई पनि खोप दिइने विभागले जनाएको छ ।

यद्यपि, सरकारले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क–ख) भएका नागरिक, शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको थियो । साउन ४ देखि ६ गतेसम्म काठमाडौँका ५५ वटा खोप केन्द्रबाट खोप लगाउने निर्णय भएको थियो ।

कोभ्याक्स सुविधामार्फत नेपाललाई अमेरिका सरकारले जोन्सन एन्ड जोन्सनको खोप १५ लाख ३४ हजार ८५० डोज सहयोग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *