सावधान ! चीनमा भेटियाे काे’राे’ना भन्दा खतरनाक अर्काे भाइरस, महामारीकाे खतरा

राष्टिय समाचार समाज

एजेन्सी । को’रो’ना भाइरस (Covid-19) को महामारीकाबीच चीनमा फेरि अर्को एक नयाँ भाइरस फेला परेको छ । जसको संक्रमणका कारण एक जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको विषयलाई लिएर चीनमाथि विभिन्न प्रकारका आरोपहरु लागिरहेका बेला प्राणघातक अर्को मंकी बी भाइरस (Monkey B Virus) को संक्रमणबाट एक जनाको मृत्यु भएको खबर बाहिरिएपछि दुनिया भरमा त्राश बढेको छ ।

ग्लोवल टाइम्सको एक रिपोर्ट अनुसार बेइजिंगमा एक पशुचिकित्सकको मंकी बी भाइरस (Monkey B Virus) को संक्रमणका कारण मृत्यु भएको छ । मार्च मा २ ओटा मृत बाँदरको पोस्टमार्टम गरेपछि बान्ता हुने, ज्वरो आउने तथा नशा सम्बन्धि समस्या देखिएपछि अस्पताल भर्ना भएका ५३ वर्षीय पशु चिकित्सकको २७ मे मा उपचारका क्रममा ज्यान गएको थियो । उनी गैर मानव प्राइमेट्समाथि अनुसन्धान गर्ने संस्थाका लागि काम गर्दै आएका थिए ।

पशुचिकित्सकको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विशेषज्ञहरुले उनको मस्तिष्कको फ्ल्युड जाँच गरेका थिए । जसबाट उनी मंकी बी भाइरस (Monkey B Virus) बाट संक्रमित भएको पत्ता लागेको थियो । संक्रमित भएपछि बिभिन्न अस्पतालमा उपचार गरेपनि निको हुन नसक्दा उनको मृत्यु भएको समाचारमा जनाइएको छ । यो मंकी बी भाइरस (Monkey B Virus) को संक्रमणका कारण मानिसको मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।

समाचार अनुसार उनका परिवारका सदस्य सुरक्षित छन् । उक्त भाइरसको संक्रमणबाट हुने कुनै पनि लक्षण नदेखिएको बताइएको छ ।

मंकी बी भाइरस (Monkey B Virus) को संक्रमण निकै घातक रहेको बताइएको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेंशनको रिपोर्ट अनुसार यस भाइरसबाट संक्रमितको मृत्यु दर ७० देखि ८० प्रतिशत सम्म रहेको छ । यस (Monkey B Virus) भाइरसको बारेमा सबैभन्दा पहिले सन १९३२ मा पत्ता लागेको थियो । जो सिधा सम्पर्कमा आउने वा शारीरिक तवरले सम्पर्कमा आउँदा फैलन सक्छ ।

बाँदरमा पाइने बीभी भाइरस (BV Virus) खतराको विषयलाई लिएर सचेत गराउँदै रिपोर्टमा भाइरस संक्रमण फैलनसक्नेप्रति निगरानी बढाइएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *