वास्तु मिलेको घरमा बस्दा सुख, सौभाग्य र आयु आरोग्यमा वृद्धि हुन्छ : ज्योतिर्विद् सुवेदी

वास्तु ज्याेतिष समाज

ज्योतिर्विद् संजय सुवेदी

वास्तु शब्द संस्कृतको मुल शब्द ‘वास’ बाट आएको हो । वास्तु शब्दले निवासलाई बुझाउँछ । सबै किसिमका प्राणीका लागि आवासको छुट्टै महत्व हुन्छ र सबै प्राणीका आ–आफ्नै प्रकारका आवास हुने गर्छन् ।

किरा फट्याङ्ग्राका आफ्नै किसिमको आवास हुन्छ । स्याल, फ्याउरो, ब्वाँसो आदिजनावरहरु जंगलकागुफा र ओढारमा बस्छन । हात्ती , गैडा र विभिन्न जातका पशुपंक्षीले पनि सुरक्षित स्थानमा वासस्थान बनाएका हुन्छन् । बाँदरले पनि घाम, पानी र शत्रुबाट सुरक्षित हुने स्थान रोज्छन् ।

सरल भाषामा भन्नुपर्दा वास्तु भनेको बस्ने ठाँउ हो । आधुनिक संसारमा वास्तुशास्त्रलाई आर्किटेक्चर भन्ने गरिन्छ ।

पुराना वास्तुशास्त्रका ज्ञाताहरुले लौकिक पिण्डबाट प्राप्त हुने गुरुत्वाकर्षण लगायत विभिन्न तरङ्गहरुले मानव मन मस्तिष्कमा र मानव स्वास्थ्यमा असर पार्छन् र वास्तु मिलाएर बनाएको घरमा त्यस्ता तरङ्गहरुको उचित व्यवस्थापन गरि मानव जीवनमा सुख, शान्ती, समृद्धि र सुस्वास्थ्य प्राप्त गर्न सकिने कुरा उल्लेख गरेको पाइन्छ ।

पाँच तत्वको समिश्रणबाट समग्र वास्तुशास्त्र अडिएको हुन्छ । ती पाँचतत्वहरु यस निम्नअनुसारका छन ।

पृथ्वी
जल
तेज
वायु
आकाश

यीनै पाँच तत्वको उचित अध्ययन र व्यवस्थापनबाट मनुष्यले धर्म, अर्थ, काम, मोक्ष पुरुषार्थ चतुष्टयको आश्वादन लिन सक्ने कुरा प्राचिन महर्षिहरुले विभिन्न शास्त्रमा भनेका छन् । यहि कुरालाई मध्यनजर गरी घरको के कस्तो महत्व छ, शास्त्रसम्मत केहि कुराहरु यहाँ उल्लेख गर्दै छौं ।

गृहणातिति गृहम् । गृहले टाढाको सबै प्राणीहरुको मन आकृष्ट गरेको हुन्छ । सबै प्रकारका पशुपंक्षिहरु दिनभरी चरेर डुलेर साँझ आफ्नो गृहमा फर्कन्छन् ।

ठूलो वेदना र पिडाले प्रताडित प्राणी आफ्नो गृहमा प्रवेश गरेपछि एउटा सुखको अनुभूति गर्छ । स्वगृहमा (आफ्नो घरमा) आफ्नो घरपरिवारको माया ममता प्राप्त हुन्छ । शत्रुको भय र अरुको अवरोधको डर हुदैन । तसर्थ पूर्ण स्वतन्त्रताको आभास मिल्छ । यसर्थ स्वगृह एउटा महत्वपूर्ण स्थान हो जहाँ मानव लगायत सबै प्राणीहरु खुशी र आनन्दले रहेका हुन्छन् ।

वास्तुशास्त्रमा भूखण्डको छनौट कसरी गर्ने भन्ने सम्बन्धमा पनि उल्लेख गरेकोे पाइन्छ । हावा, प्रकाश प्राप्त हुने गरि चारैतिर खुल्ला स्थान राख्न उपयोगी हुने कुराको सुझाव रहेको छ । घर नजिकै खुल्ला नाली भएको ठाँउ अशुभ मानिन्छ । उत्तरततर्फ र पूर्वततर्फ सडक भएमा शुभभुखण्ड मानिन्छ ।

यस्तै, भुखण्डको आकार प्रकारबाट पनि शुभफल प्राप्त हुने उल्लेख छ । चार कुना मिलेको जमिन उपयोगी हुने र आकार नमिलेको चुच्चो परेको जमिन हानिकारक हुने बताइन्छ । साथै भूखण्डको अगाडिपट्टी खुला ठाँउ, सार्वजनिक स्थल रहेको छ भने उपयोगी हुने कुरा उल्लेख छ । बिचमा उठेको क्रमशः दायाँबायाँ होचो हुँदै गएको गज पृष्ट जमिन सर्वोत्तम हुन्छ ।

घर निर्माणमा निर्माणपूर्व गृहको नक्सा बनाउन उपयोगी हुन्छ । गृहमा मुख्य प्रवेशद्वारतिर केन्द्राकृतिको निकै महत्वपूर्ण भूमिका रहन्छ । घरको रुप अगाडिपट्टीबाट देखिने हुनाले अगाडिको भाग आकर्षक किसिमको हुनु आवश्यक छ । वास्तु अनुरुप यो मुख भागलाई आकर्षक बनाउनु पर्छ ।

वास्तुसम्मत तरिकाले घरको झ्याल ढोकाहरु राख्न सकिन्छ । घरमा हावा र प्रकाशको तालमेल मिलाउनु पनि अत्यन्त जरुरी रहन्छ । बैठक कोठाको झ्याल ढोकाहरु अन्य स्थानको भन्दा अलि ठूलो ७/८ फिटसम्म चौडा र उचाइले युक्त हुनुपर्छ । बैठक तथा भान्साको पर्खाल अग्लो बनाउनउत्तम हुन्छ ।

सर्वासु दिसु सलिलँप्रकुर्याद
विहाय नैऋत्यव्यव्यमाग्निवायुन
पुर्वेक्तिरेशनजलेशदिक्षु कृतं
जलं सौख्या सुत प्रदं च ।।
पूर्वकं वारुणादिकस्थितं च
विर्जयन्मध्यमगृहस्थितं च
क्रमेण गगाँदिवशिष्ठमुख्या दिशा
स्थितानां च जलाशायानाम् ।।

वास्तुशास्त्रमा जलाशयको बारेमा पनि केहि महत्वपूर्ण विचार व्यक्त गरिएको छ । नैऋत्य, दक्षिण, आग्नेय र वायव्य दिशालाई छोडेर अन्य दिशामा जलासय राख्न सकिन्छ । इशान कोणमा जलासय बनाउनाले सुख र शान्ती मिल्छ । साथै, पुत्रलाभ हुने कुराको पनि उल्लेख छ । वायव्य कोण र मध्यभागमा जलासय बनाउन बर्जित गरिएको छ । गर्ग, वशिष्ठ लगायत ऋषिमुनीहरुले पनि जलासय पूर्वी दिशामा राख्न उपयोगी हुने बताएका छन् ।

मान्छेले जन्मैदेखि मृत्यूपर्यन्त आफ्नो अधिकांश समय भवन (घर) भित्र बिताउँछ । घरमा रहेका यी पञ्चतत्वको विज्ञान र त्यसको प्रभावको बोध गरेर उचित तवरले निर्माण गरेको घरमा बस्नाले सुख, सौभाग्य र आयु आरोग्यको वृद्धि हुन्छ । नेपाल हाेम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =