एमाले कार्यकर्ताले कोटेश्वरमा जलाए माधव नेपालको पुत्ला, नेपालकाे घरमै भेट्न गए प्रम देउवा

राष्टिय समाचार

काठमाडाैं । नेकपा एमालेका कार्यकर्ताले पार्टीकै वरिष्ठ नेता माधव कुमार नेपालको पुत्ला जलाएको छ ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएर फर्किएका कार्यकर्ताहरूले नेपाल निवास समेत रहेको कोटेश्वर पुगेर उनको पुत्ला जलाएका हुन् ।

याे पनस समाचार

बालकोट पुगेर ओलीले भने– माधव नेपाल गद्दार हुन्, क्षमा दिनलायक छैनन्

प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट पुगेका छन् ।

तामझामका साथ बालकोट फर्किएका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालाई गद्दारको संज्ञा दिएका छन् । ओली निवास बालकोटमा जम्मा भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ओलीले नेता नेपालाई यस्तो आरोप लगाएका हुन् ।

माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको ओलीको भनाइ छ । माधवकुमार नेपालको अगुवाईमा आफूलाई जालझेल गरेर प्रधानमन्त्रीबाट हटाइएको बताउँदै ओलीले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको र उनलाई पार्टीमा क्षमा दिन नसकिने बताएका हुन् ।

ओलीले माधव नेपालाई पार्टीबाट निकालेरै छाड्ने संकेत गर्दै नेपाल पक्षका अन्य नेताहरूको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहे मौका दिने बताएका छन् । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ नभएको ओलीको जिकिर छ ।

याे पनि थप

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

नेपालको निवासमा दुई नेताबीच नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन लागेको हो।

नेपाल समूहका २६ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्।

नेपाल मंगलबार भएको देउवाको सपथ ग्रहणमा पनि सहभागी भएका थिए। शितल निवासमा उनले देउवालाई बधाई दिएका थिए।

केपी शर्मा ओलीविरूद्ध गठबन्धन गर्दा नेपाल र देउवा सँगै थिए। सर्वोच्चको फैसलापछि नेपालले अब आफू गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए।

आज प्रधानमन्त्री देउवालाई माधव नेपालले नै आफ्नो निवासमा निम्तो दिएका थिए।

‘उहाँको निम्तोमा प्रधानमन्त्री चिया खान कोटेश्वर जानुभएको हो,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =