ज्वाला संग्रौलालगायत तीन जना रिहा

राष्टिय समाचार

काठमाडौं । प्रहरी हिरासतभित्र कुटपिट गरेको आरोपमा पक्राउ परेकी ‘अभियन्ता’ ज्वाला संग्रौलालगायत तीनजना रिहा भएका छन् । रिहा हुनेमा हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

परीसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वाला र शर्मिला साधारण तारेखमा छुटेका हुन् भने हिमाल उपाध्याय १ लाख धरौटीमा छुटेका हुन् ।

केही दिनअघि युवासंघकी नेतृ खुस्बु घिमिरेमाथि ज्वालाको समूहले प्रहरी कार्यालभित्रै आक्रमण गरेको थियो । घिमिरेले महानगरीय प्रहरी परिसर टेकुमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई असार ६ गते पक्राउ गरेको थियो ।

याे पनि समाचार 

देउवाको गठवन्धनमा सुरुमै खटपट, मन्त्रालय भागबण्डामा देखियो यति ठूलो समस्या

अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्ता गठवन्धनमा सुरुमै खटपट सुरु भएको छ । प्रधानमन्त्रीको सफथ लिन लाग्नुभएका देउवाले मन्त्रिमण्डल बनाउँदा माओवादी केन्द्रलाई मुख्य मन्त्रालय नदिने बताएपछि सुरुमै खटपट देखिएको हो ।

देउवाले गृह, अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार जस्ता महत्वपुर्ण मन्त्रालय कांग्रेसलाई नै चाहिने बताउनु भएको छ भने माओवादी र जसपाले पनि सोही मन्त्रालयको दावी गरेको छ । गठबन्धनका नेताबीच हिजो सोमबार र आज भएको छलफलमा मन्त्रालयको भागबण्डा मिल्नै नसकिने अवस्था देखिएको छ । यता देउवा निवासमा बसेको कांग्रेसका नेताहरुको बैठकले माओवादीलाई तत्काल मन्त्रिमण्डलमा नल्याउने, ल्याउनै पर्ने भए पनि मुख्यमुख्य मन्त्रालय कुनै पनि नदिने निर्णय गरेको छ । ‘विश्वासको मत नलिई माओवादीलाई सरकारमा नल्याउन भनेका छौं, ल्याए पनि मुख्य मन्त्रालय नदिने कुरा छ,’ जनताटाइम्ससँग देउवा निकट एक नेताले भने ।

ती नेताका अनुसार देउवाले विश्वासको मत नपाएको अवस्थामा प्रतिनिधि सभा विघटन गरेर चुनावमा जानुपर्ने हुन्छ । विघटन पछि मन्त्रिमण्डलमा सदस्य थप्न नपाइने गरी सर्वाेच्च अदालतले फैसला गरिसकेको छ । सोही कारण बिश्वासको मतअघि माओवादीलाई साइजमा राख्ने कांग्रेसको योजना छ । माओवादीले भने विश्वासको मत लिन अगाडि नै मुख्यमुख्य मन्त्रालय हात पार्ने योजना बनाएको छ । मन्त्रालय भागबण्डा नमिलेपछि प्रचण्डले तत्काल मन्त्रिमण्डलमा सामेल नहुने भनेर देउवालाई दवाबमा पार्ने रणनीति अपनाउनु भएको छ ।

देउवाले आज सपथ लिएपछि सानो मन्त्रिमण्डल बनाउने बताइएको छ । मन्त्रिमण्डलमा सहभागी हुने बिषयमा कांग्रेसभित्रै पनि लफडा रहेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समुहको सम्मानजनक सहभागीता हुनुपर्ने अडान राखिसक्नु भएको छ । देउवा भने पौडेल समुहलाई सिमित संख्यामा मात्रै सहभागी गराउने योजनामा रहनुभएको छ । यता जसपाको उपेन्द्र यादव समुहले पनि महत्वपुर्ण मन्त्रालय ताकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 − = 16