केपी ओलीसँगको भेटवार्तामा किन गएनन् झलनाथ खनाल ?

राष्टिय

काठमाडौं । लामो समयदेखिको तिक्तताबीच नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र असन्तुष्ट पक्ष वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच साेमबार पार्टी मुख्यालय धुम्बाराहीमा वार्ता भएकाे छ ।

चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो। लामाे समयपछि भएकाे बार्ता वार्ता निष्कर्षबिहीन भएको छ । दुवै पक्षले आफ्नो अडान प्रस्तुत गरेपछि वार्तामा ठोस निर्णय हुन नसकेको हो।

वार्तापछि नेपाल पक्षका नेता रघुजी पन्तले दुवै पक्षले आ–आफ्नो अडान प्रस्तुत गरेपछि वार्ता ठोस निर्णयमा पुग्न नसकेको बताए । विवाद समाधानका लागि दुई पक्षका नेताबीच वार्ता भएको हो ।

बैठकमा २८ गतेको निर्णय फिर्ता लिने–नलिने भन्नेमा सहमति हुन सकेन । ओलीले २८ गतेको निर्णय फिर्ता लिए नेपालले आगामी चैत ४–५ गते तय कार्यकर्ता भेला स्थगित गर्ने प्रस्ताव गरे तर ओलीले अस्वीकार गरेका हुन् ।

झलनाथ खनाल बैठकमा नजानुकाे कारण

तर, वरिष्ठ नेता झलनाथ खनाल भने उक्त भेटवार्तामा अनुपस्थित छन् । आखिर किन गएनन् खनाल अहिले सर्वत्र चासोको विषयमा बनिरहेको छ ।

नेता खनालका अनुसार आफूलाई कुनै निम्तो नभएका कारण वार्तामा नगएको बताएका छन् । तर, वार्तामा जानुअघि माधव नेपालले भने खनालसँग पर्याप्त छलफल गरेको उनी आफैले स्वीकार गरेका छन् ।

त्यसो त प्रधानमन्त्री केपी ओलीले माधव नेपाललाई मात्रै वार्ताबारे जानकारी दिएका थिए । शुरुमा नेता नेपालले भेट अस्वीकार गरे पनि पछि दोस्रो तहका नेताहरुसहित भेटवार्ता गर्ने शर्तमा धुम्बाराही जान पुगेको बताइएको छ ।

साेमबारकाे बार्तामा ओली पक्षमा नेताहरु ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन् भने नेपाल पक्ष्का नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रघुजी पन्त सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 − 86 =