भाेट हाल्न जाँदा यी कुरा नगर्न आयोगको आग्रह

काठमाडौं । बैशाख ३० गते मतदानका लागि मतदान केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदाता उम्मेदवार र आयोगबाट अनुमति पाएका व्यक्तिमात्र […]

Continue Reading

निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय

काठमाडाैं । शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल […]

Continue Reading

उपमेयर उम्मेदवार सासुको निधनपछि बुहारीले पाइन् टिकट

कपिलवस्तु । नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । आयोगले ३ जेठमा निर्वाचन हुने गरी नयाँ निर्वाचन कार्यक्रम जारी […]

Continue Reading

भाेट हाल्न गाउँ पुगे मतदाता

दार्चुला । व्याँस गाउँपालिका–१ तिङ्करका वीरेन्द्र तिङ्करी वैशाख २६ गते भारतीय बाटो हुँदै मतदान गर्न तिङ्कर हिँड्नुभयो । यही वैशाख २७ गते बेलुकी ७ बजेदेखि सीमा नाका बन्द हुने भएपछि तिङ्करी भारतीय बाटो हुँदै गाउँ पुगेका हुन् । “हामी आफ्नै गाउँपालिकाको वडा कार्यालय पुग्न भारतको अनुमति लिएर जानुपर्छ,” स्थानीय दानसिंह तिङ्करीले भन्नुभयो, “चुनाव हुने दुई […]

Continue Reading

इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण

काठमाडौँ । इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । विमानको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् । उनकाअनुसार मध्यान्ह १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको हो । विमानमा ८० जना […]

Continue Reading

किन आयाे एक्कासी भारतीय वायु सेनाकाे विमान

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान अवतरण गरेको छ बिमान अवतरण संगै यस क्षेत्रमा खुसीको तरंग पैदा भएको छ । जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि सैनिक अधिकारीहरुको टोली लिएर भारतीय सेनाको विशेष विमान भैरहवा आएको हो । भारतीय […]

Continue Reading

एउटा यस्ताे मतदान केन्द्र जहाँ सम्पर्ण निम्मेवारी महिलाले सम्हाल्दैछन्, मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला

जवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो । उक्त मतदान केन्द्रमा खटाइएका पाँच […]

Continue Reading