जे बर मागे पनि पूरा हुने पाथिभरा माताकाे दर्शन गरी हेर्नुस् पुष २१ गते बुधबारकाे राशिफल

आज मिति २०७८ साल पुष २१ गते बुधबार, सन २०२२ जनवरी ५ तारिक, तृतिया, शुक्ल पक्ष  आजकाे दिन तपाईको लागि कस्तो रहनेछ। हेर्नुस १२ राशिफल  मकर राशिका व्यक्तिहरूले आफ्ना कमजोरीहरूको सट्टा आफ्नो बलमा ध्यान दिनु पर्छ। अर्कोतर्फ, धनु राशि भएका लेखकहरूको लागि बुधबारको दिन धेरै राम्रो छ। वृश्चिक राशिका व्यक्तिहरुको रोकिएका काममा प्रगति हुनेछ । […]

Continue Reading

नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण रोक्न मन्त्री आलेले दिए निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न र त्यससँग सम्बन्धित कागजात मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् । मन्त्री आलेको मौखिक निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले बी. म्यानेजमेन्ट प्रालिलाई निर्माण कार्य रोक्न पत्र काटेको छ । विकास […]

Continue Reading

नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट बनाउने काम रोक्न सरकारको निर्देशन

काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम रोक्न निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो । ‘सञ्चारमाध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना […]

Continue Reading

राष्ट्रिय सभा सदस्य निर्वाचन : १९ पदका लागि ४३ जनाले दिए उम्मेदवारी (नामसहित)

काठमाडाैं । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । निर्वाचनका लागि मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । आयोगले यही पुस […]

Continue Reading

बाबुरामले दिए प्रचण्डलाई बधाई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुप्पकमल दाहाल चयन भएकोमा बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् । भट्टराईले लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना । प्रतिगमन र यथास्थितिवादविरुद्ध […]

Continue Reading

दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देल

धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेलले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएका भन्दै चर्को आलोचना गरेका छन् । मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी लोकतन्त्रको नाममा उनीहरू लुटतन्त्र मच्चाएको उनले आरोप लगाए । मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश […]

Continue Reading

सहरमा छाउ गोठ छैनन्, छाउ ‘बिल्डिङ’ छन्

पोखरा । एघार वर्षको उमेरमा पहिलोपल्ट महिनावारी हुँदा आशिका केसी १४ दिनसम्म अध्यारो कोठामा बसिन् । घाम नपस्ने बन्द कोठाको उकुसमुकुस सम्झँदा अहिले पनि उनी बिरक्तिन्छिन् । १३ वर्ष पुगेकी उनलाई त्यतिबेलाको बारबन्देज भोग्नुपर्दा महिनावारी नै नभइदिए हुन्थ्यो जस्तो लाग्छ । पोखरा–३० पावरहाउसको गुरुकुल विद्याश्रम स्कुलमा आठ कक्षामा पढ्ने छात्राले सोमबार आफ्नो महिनावारी अनुभव सुनाए […]

Continue Reading

नोटमा पृथ्वीनारायण शाहको तस्वीर !

काठमाडाैं । विवेकशील साझा पार्टीले रुपैयाँमा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न माग गरेको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साझाले त्यसका साथै हरेक सरकारी कार्यालयमा उनको तस्वीर राख्न निर्देशन दिन पनि माग गरेको हो। २७ पुसमा पृथ्वीनारायण शाहको जन्म जयन्ती हो। नेपाल एकीकरणको नेतृत्व गरेका कारण उक्त दिन राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा […]

Continue Reading