बुढा नेताहरुको अखडा बन्याे नेकपा एमाले ! सबै भन्दा भन्दा बुढो को ? कुन नेताको उमेर कति ? हेर्नुस् सूची

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम शुक्रबार ७४ वर्ष लाग्दैछन्। एमालेको विधान कार्यान्वयन भएको भए गौतमले सक्रिय राजनीतिबाट ४ वर्षअघि नै बिदा लिनुपर्ने हुन्थ्यो। उपाध्यक्ष गौतम मात्रै होइन, एमालेको नवौँ महाधिवेशनको विधान पूर्ण रुपमा लागू भएको भए अध्यक्ष केपी शर्मा ओली (७० वर्ष)ले गत फागुनबाट र झलनाथ खनाल (७२ वर्ष)ले २०७६ जेठबाटै अवकाश लिनुपर्ने […]

Continue Reading

राष्ट्रपति भण्डारीले ‘कानुनविद्सँग परामर्श गरेर निर्णय लिने’

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग परामर्श लिएर मात्र सर्वोच्चको आदेशबारे निर्णय लिने भएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको आदेशको पत्र दर्ता भएपछि चासो राखिसकेको बुझिएको छ । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले कानुनविद्हरुसँग परामर्श लिएर अगाडि बढ्ने तय भएको बताए । संविधानमा प्रधानमन्त्री कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिने […]

Continue Reading

एमाले फुट्ने, माधव नेपालले नयाँ दल खोल्ने

काठमाण्डौ । प्रतिनिधि सभा पुनः स्थापना भएपछि नेकपा एमाले पार्टीको भविष्यबारे चासो बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ एमाले सांसदले गरेको हस्ताक्षर फिर्ता लिन दबाब दिदै आएका थिए । हस्ताक्षर फिर्ता नलिए एमाले हुननसक्ने बताएका थिए । अब २३ सांसदको हस्ताक्षरकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अवस्था बन्यो […]

Continue Reading

घुमिफिरि देउवाको हातमा सत्ता : सर्वोच्चले यसरी जुराईदियाे पाँचौ पटक प्रधानमन्त्री बन्ने अवसर !

काठमाडाैं । संसदीय राजनीतिको केन्द्रमा पुनः नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर आइपुगेका छन् । २०७४ सालको आम निर्वाचनपछि नेपाली कांग्रेस चुनाव हारेर संसदमा प्रतिपक्षको भूमिका खुम्चिएपछि देउवा नेपाली राजनैतिकको केन्द्रबाट बाहिरिएका थिए । चुनाव गराएर राम्रै चर्चा पाएका देउवा चुनावपछिका ३ वर्ष मुलुकको राजनैतिक केन्द्रमा आउन सकेका थिएनन । अहिले कांग्रेसको भूमिका बढाउन सवैले […]

Continue Reading

प्रचण्डसँग माधव नेपालकाे फेरि बिछाेड गठबन्धनकाे बैठकमा भने अब म विपक्षी गठबन्धनमा रहन्न

काठमाडाैं । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले नपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको बैठकमा अबदेखि आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराएका छन्। विपक्षी गठबन्धन आबद्ध दलको कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि […]

Continue Reading

भेरोसेल र जोनसनको खोप मंगलबारदेखि लगाइने, क-कसलाई लगाइने ?

काठमाडौँ, २८ असार । सरकारले असार २९ गतेदेखि ७७ वटै जिल्लामा सञ्चालन गर्ने भएको छ । हालैै आएको कोरोना विरुद्धको भेरोसेल र जोनसन खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागले भेरोसल र जोनसन खोप अभियान भोलीबाटै सञ्चालन गर्ने निर्णय गरेको हो । विभागका अनुसार यी व्यक्तिहरुले खोप पाउनेछन् । […]

Continue Reading

एमालेले भन्याे : सर्वोच्चको फैसला न्यायिक ‘कू’, दलीय प्रणालीमाथि हस्तक्षेप

काठमाडौं । सर्वोच्च अदालतको फैसलामाथि छलफल गर्न एमाले स्थायी कमिटी बैठक पूर्वनिर्धारित योजना अनुसार नै साँझ ५ बजे बस्दैछ । तर, फैसलाको बारेमा बालुवाटारमा एमालेका नेताहरूबीच अनौपचारिक छलफल भने भएको छ ।   एमाले नेताहरूले रिट निवेदकले मागेका र न्यायाधीशलाई रिस उठेका कुरालाई समेत फैसलाका रूपमा संवैधानिक इजलासले लिपिवद्ध गरेको भन्दै यसले देशलाई गम्भीर दुर्भाग्यतर्फ […]

Continue Reading

प्रचण्डको प्रतिक्रियाः फैसला स्वागतयोग्य, प्रधानन्यायाधीशलाई धन्यवाद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको अदालतको फैसलालाई स्वागतयोग्य भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति आभार व्यक्त गरेका छन् ।   उनले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको पनि बताएका छन् । सर्वोच्च अदालतको फैसलापश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको […]

Continue Reading

चोलेन्द्र शमशेर ‘दोस्रो खिलराज रेग्मी’ बन्ने डिजाइनमा सर्वोच्चको फैसला : पूर्वमन्त्री बस्नेत

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा दोस्रो खिलराज रेग्मी बन्ने डिजाइनअनुरुप सर्वोच्च अदालतको फैसला आएको दाबी गरेका छन् । विद्यमान परिस्थितिमा अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिए पनि कालान्तरमा निर्दलीय सरकारको नेतृत्व चोलेन्द्र शमशेर जवराले गर्ने बस्नेतको भनाइ छ । सर्वोच्चले देउवालाई प्रधानमन्त्री तोके पनि संसदबाट विश्वासको […]

Continue Reading

सर्वाेच्च अदालतकाे फैसलाबिरूद्ध प्रदर्शनमा उत्रिन महेश बस्नेतकाे आह्वान

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शनमा उत्रिन युवाहरुलाई आह्वान गरेका छन् । सोमबार सर्वोच्च अदालतलृ सुनाएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेता बस्नेतले बिरोधमा उत्रिन भनेका हुन् । सर्बोच्च अदालतको असंबैधानिक फैसला भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको […]

Continue Reading