चीनमा बासस्थान छोडेर हिँडेका हात्ती जंगलमा सुस्ताए, तस्विर भयाे विश्वभर भाइर (फाटाेहरू)

पछिल्लो समय चीनमा बासस्थान छोडेर हिँडेका हात्तीको चर्चा संसारभरि भइरहेको छ। १५ वटा हात्ती आफ्नो बासस्थान छोडेर अहिलेसम्म ५ सय किलोमिटर हिँडिसकेका छन्। उनीहरू कहाँ जान हिँडेका हुन् भन्ने पत्तो छैन। पछिल्लो समय भने हिँड्दाहिँड्दै थाकेका हात्ती सुस्ताएको भिडिओ र तस्बिरले चीनभित्र र बाहिर सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ। हात्तीहरू गन्तव्यविहीन यात्रामा निस्किएपछि चिनियाँ […]

Continue Reading

इश्वर पोखरेल भन्छन्, ‘अब म एमालेको अध्यक्ष हुन योग्य र तयार छु’

काठमाडौं। नेकपा एमालेका महासचिव इश्वार पोखरेलले आफु एमालेको अध्यक्षका लागि योग्य रहेको बताएका छन । शीर्ष नेतृत्वको विवाद र टकरावले पार्टी विभाजनको डिलमा पुगेपछि दोस्रो तहका नेताहरु आक्रोशित बन्न थालेका छन् । ओली–माधवले पार्टीभित्रको समस्या समाधान गर्दै जानुपर्नेमा अन्य दलसँगको सहकार्यलाई प्राथमिकतामा राखेपछि दोस्रो तहले नेतृत्वको विकल्प खोज्न भूमिका खेलिरहेको छ ।   उनी बताउँछन, […]

Continue Reading

माओवादीले मागेजति नपाएपछि…..

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा नजाने भएको छ । आफूले मागेजति मन्त्रालय नपाएपछि माओवादी सरकामा नजाने भएको हो । जसपाले एउटा मात्रै मन्त्रालय नदिने भएपछि माओवादी रुष्ट बनेको हो । आजै नेपाली काँग्रेस र जसपाबीच सरकार गठनका विषयमा सहमति भए पनि माओवादीबीच कुनै सहमति नभएको जनाइएको छ । याे पनि पढ्नुस्  […]

Continue Reading

एमाले सुदूरपश्चिममा कसले कसलाई कारबाही

प्रकाश मिश्र धनगढी । नेकपा (एमाले) को स्थायी कमिटीको यही जेठ १० गतेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेन । पार्टीको निर्णय विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा एमालेकै बहुमत सदस्यले विश्वासको मत दिएपछि प्रदेशभित्र एमाले पार्टी र संसदीय दल दुई धारमा देखिएर एकले अर्काे पक्षलाई […]

Continue Reading

सर्वोच्चबाटै प्रधानमन्त्री बन्ने देउवाको दाउ खत्तम

काठमाडाैं। सर्वोच्च अदालतको आदेशले काँग्रेस सभापति शेरबहादुर देउवाको अदालतबाटै प्रधानमन्त्री बन्ने सपना हालका लागि बन्द भएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने चाहना राखेपनि त्यो तत्काल पूरा नभएको हो । सर्वोच्चले संसद विघटनको मुद्दामा अन्तरिम आदेश जारी नगरेपछि देउवाको प्रधानमन्त्री बन्ने इच्छामा ब्रेक लागेको छ । कारण देखाऊ आदेश सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी […]

Continue Reading

२०७८ सालको पहिलो खग्रास सूर्यग्रहण : यी ९ राशिमा पर्दैछ प्रभाव

एजेन्सी । २०७८ सालको पहिलो खग्रास सूर्यग्रहण जून १० अर्थात जेठ २७ गते बिहीवार हुँदैछ । यस पटक सूर्यग्रहण जयेश्थ महिनाको कृष्णपक्षको अमावस्या दिनमा हुनेछ। सूर्यग्रहण दिउँसो १ः४२ मा सुरू भई साँझ ६:४१ मा समाप्त हुन्छ। यो सूर्य ग्रहण उत्तर अमेरिका, यूरोप, एशियामा आंशिक रूपमा देखिनेछ। जबकि ग्रीनल्याण्ड, उत्तरी क्यानाडा र रूसले पूर्ण सूर्य ग्रहण […]

Continue Reading

छोरीहरूले गरे बुबाको दाहसंस्कार, छिमेकीले छुन पनि मानेनन्

उदयपुर । आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले श-वयात्रा गरी ‘दाहसंस्कार’ गरेका छन् । स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले श’ व छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाह-संस्कार गरेका हुन् । बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त […]

Continue Reading

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ

काठमाडाैं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो । इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय […]

Continue Reading

राष्ट्रपतिलाई सार्वजनिक स्थलमै चड्कन ! को हुन चड्कन हान्ने?

एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला चड्कन हानिएको छ । सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए । त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हानेकाछन् । लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लिएका […]

Continue Reading

दक्षिण अफ्रिकामा यी महिलाले एकै पटक जन्माइन् १० जना शिशु

काठमाडौँ । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना शिशुलाई जन्म दिएकी छन् । ३७ वर्षीय गोएसामे थामेरा सिथोला नाम गरेकी महिलाले ७ छोरा र ३ जना छोरीलाई जन्म दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनले यस अघि पनि जुम्ल्याहा बच्चा जन्माएकी बताइएको छ । सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम […]

Continue Reading