ओलीलाई माधव नेपालको जवाफ : संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । आफ्नो समूहको बैठकपछि […]

Continue Reading

काेराेना संक्रमितलाई बोकेर अस्पताल पुर्‍याउने गाउँपालिका अध्यक्ष

खोटाङ । खोटाङको दिप्रुङ चुइचम्मा गाउँपालिकाकी ४८ वर्षीया सावित्रा देवकोटा १४ जेठमा बेहोश भइन्। १० जेठमा कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकी उनी बेहोश हुँदा उद्धार गरेर अस्पतालसम्म लगिदिने कोही भएनन्। आफन्तले खबर गरेपछि गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई आफैं गाडी लिएर देवकोटाको घरसम्म पुगे। उनले देवकोटालाई बोकेर गाडीसम्म ल्याए र  अस्पताल पुर्‍याए।   गाउँगाउँमा […]

Continue Reading

दुर्व्यवहारमा परेका दुई जना राउटे युवतीकाे ज्यान जाेखिममा, कुनै पनि बेला ‘ह, ‘त्या, हुन सक्ने

सुर्खेतं । दुर्व्यवहारमा परेका दुई जना राउटे युवतीकाे ज्यान उनीहरूकै समुदायमा जाेखिममा परेकाे छ । राउटे समुदायमा प्रचलित कठाेर सामाजिक नियमका कारण कुनै पनि बेला उनीहरूकाे ज्यानै जानसक्ने खतरा बढेकाे हाे । जानकारहरूका अनुसार राउटे समुदायमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्दा ज्यानै लिने गरेका घटना यसअघि हुने गरेका थिए । मिडिया रिपाेर्ट अनुसार स्वयं भिडियो बनाइएका […]

Continue Reading

देउवा र प्रचण्डसँग ‘धुरूधुरू… राेए माधव नेपाल’

काठमाडाैं । वर्तमान राजनीतिक परिस्थितिबारे विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी रहेको हो । उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे […]

Continue Reading

घनश्याम भुसालले कसलाई भने, ‘मण्डले र सुकुलगुण्डा’

काठमाडाैं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले माधवकुमार नेपाल पक्षविरुद्ध एमालेभित्रै ‘मण्डले’ समूह सक्रिय रहेको बताएका छन्। भुसालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै नेपाल समूहविरुद्ध अनर्गल प्रचार शुरू भएको जनाएका छन्। भुसालले भनेका छन्, “फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरु भएको छ। हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा […]

Continue Reading

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण : असुरक्षा बढेको भन्दै राउटे बस्ती सिल, प्रहरीले बढायो निगरानी

सुर्खेत । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ । पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै स्थानीय प्रशासनले राउटे बस्ती शिल गरेकाे हाे । बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएर राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको प्रमुख जिल्ला अधिकारी छविलाल […]

Continue Reading

खनाल-नेपाल समूहका चार नेताको निष्कर्षः ओलीको प्रस्ताव सकारात्मक, एमालेमै बस्ने

काठमाण्डु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध गराउन पूर्ववत् अवस्थामा फर्किने घोषणा गरेपछि माधव नेपाल समूह विभाजित भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन आफू तयार रहेको बताएपछि नेपाल समूहका नेताहरुको फरक मत सार्वजनिक गरेका छन् । नेपाल समूहका अधिकांश युवा नेताहरु ओलीको कदम […]

Continue Reading

नेपालमा भूकम्प जाने क्रम जारी

काठमाडाैं । लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टरस्केलको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । केन्द्रका भूकम्पविद् भरत कोइरालाले लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको […]

Continue Reading

ओलीको वक्तव्य बारे खनाल-नेपाल समूहले निकाल्याे यस्ताे निष्कर्ष

काठमाडाैं । एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष समेत निकालेको छ । सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले यस्तो ठहर गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘अहिले पनि हामी एकताकै पक्षमा छौ, तर अध्यक्ष ओलीले […]

Continue Reading

काठमाडौं महानगरमा भेरोसेल खोप लगाउन ३२ केन्द्र (सूचीसहित)

काठमाडाैं । कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउन काठमाडौं महानगरपालिकाले ३२ वटा केन्द्र तोेकेको छ। मंगलबारबाट देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइँदै छ। त्यसका लागि काठमाडौं महानगरले प्रत्यके वडामा खोप केन्द्र तोकेको हो। पाँच दिनसम्म चल्ने यो अभियानमा महानगरले २५ जेठमा ६४ वर्षका नागरिकलाई खोप लगाउने भएको छ। त्यस्तै, २६ जेठमा ६३ […]

Continue Reading