मास्क नलगाउनेलाई जरिवाना गर्ने र उभ्याउने कार्य बन्द गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मास्क नलगाउनेलाई जरिवाना गर्ने र उभ्याउने कार्य बन्द गर्न आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम संवैधानिक र संक्रामक रोग ऐनको व्यवस्थाको प्रतिकूल भएको भन्दै त्यस्तो नगर्न आदेश दिएको हो । अधिवक्ता सागर पौडेल लगायतले जरिवाना र यातना दिन नहुने माग राखी निवेदन […]

Continue Reading

मत्थर हुँदै काेराेना संक्रमण, मृत्यु र संक्रमण दुबै हिजाे भन्दा कम

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट […]

Continue Reading

एमाले कार्यदलले तत्काल लागू हुने गरी गर्‍यो यस्ताे निर्णय, ओली खेमाका २ नेता अनुपस्थित

काठमाडाैं । एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ । बैठकपछि एमाले नेता भीम रावलले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरेर लागु गर्दै पार्टीभित्रको विवाद समाधान गर्न पहल गर्ने निर्णय गरेको जानकारी दिए । ‘पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई […]

Continue Reading

नेताहरूले देश बेची खाने भए, एमसीसी अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट २०७८ साल वैशाख १६ गतेे स्वीकृत गरिएको उक्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विद्युत् […]

Continue Reading

कुनै काेरियन मोडलभन्दा कम छैनन् तेरिया मगर (१५ तस्वीर)

काठमाडौं । “भारतीय टेलिभिजनमा प्रशारण हुने डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया मगर अहिले भारतमै बसेर करिअरलाई अगाडि बढाइरहेकी छिन् । हालै मात्र उनले भारतीय केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । पछिल्लो पटक उनी मिरिन्डाको टीभीसी एडमा देखिएकी छिन् । यसअघि पनि उनले चपाचपको टीभीसीमा काम गरेकी थिइन् । उनको रुपको सुन्दरता र क्युटनेसका […]

Continue Reading

सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक […]

Continue Reading

एकैछिनमा महन्थ–उपेन्द्रको सहमति भाँडियो, उपेन्द्र यादवलाई ठाकुरे थाङ्नामै सुताए

काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ । दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भएपनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद […]

Continue Reading

प्रधानमन्त्रीको शपथ विरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलाशले दिएको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन […]

Continue Reading

रातारात महन्थ ठाकुरकाे युटर्न, केपी ओलीलाई ठूलाे धाेका ‘चाैका दाउ’ हान्ने खतरा रणनीति (सहमतिपत्र)

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने र प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने सहमति भएको छ । बरु दुई नेताबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको छ । पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् […]

Continue Reading

सुन चाँदीको भाउ ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ । यो हिजोको तुलनामा ६ सय रुपैयाँले बढी हो । हिजो छापावाल सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ९ […]

Continue Reading