प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, शुक्रबार २ बजे शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।   प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् […]

Continue Reading

माधव नेपाल पक्षधर यी चार जनाले लिँदै सपथ, पाए महत्वपूर्ण मन्त्रालय

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी गरिएको छ । राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले फेरि प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन् ।   यसअघि संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि […]

Continue Reading

केपी ओलीलाई साथ दिँदा ठाकुरलाई मालामाल, पार्टीमा झन् बलियो

काठमाडौँ । जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा २० सांसद पुगेका छन्। भक्तपुरको डोलेश्वर रिपोर्टमा ठाकुरले आफूपक्षीय सांसदलाई भेला गराएर राखिएको ठाउँमा साविक समाजावादीबाट चुनावका जितेका तीनले उपेन्द्र यादवको साथ छाड्दै ठाकुरको पक्षमा गएका हुन्। सुरुमा रिसोर्टमा १६ जना मात्रै पुगे पनि साँझसम्म अहिले २० जना पुगेको त्यहाँ रहेका एक सांसदले जानकारी दिए। महन्थ […]

Continue Reading

प्रधानमन्त्री दाबी गर्न कोही आएनन् : राष्ट्रपति कार्यालय

काठमाडौँ । राष्ट्रपति कार्यालायले प्रधानमन्त्री पदका लागि गरिएको आह्वानमा कसैले पनि दाबी नगरेको जानकारी दिएको छ । बैशख २७ गतेदेखि बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वान गरिएको तर त्यसमा कुनै नि दाबी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् । भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट […]

Continue Reading

प्रभुको इशारामा ओली सहमतिको नाटक गर्दैछन् : झाक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता बचाउने भन्दै आज थालेको प्रयासलाई प्रभुको इशारामा हुन लगेको आरोप ल्गाएकी छन् । ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने भन्दै नेतृ झाक्रीले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा अहिले सहमतिको प्रयास […]

Continue Reading

विपक्षीलाई दाैडाई-दाैडाई नचाई-नचाई ओलीले हात पारे प्रधानमन्त्रीको कुर्सी

काठमाडौँ । प्रतिनिधिसभा विश्वास गुमाएको ७२ घन्टामै अनेक राजनीतिक दाउपेच तथा सत्ताधारी एमालेको असन्तुष्ट पक्षसँगको वार्तापछि केपी शर्मा ओली फेरि सत्तारोहणको वातावरण बनाउन सफल भएका छन्। माधव नेपाल नेतृत्वको असन्तुष्ट पक्षसँग क्याप्टेन रामेश्वर थापाको बुढानिलकण्ठस्थित निवासमा भएको वार्तामा नै सामूहिक राजीनामाको बिहीबारको समय गुज्रेपछि संविधानको धारा ७६ (२) अन्तर्गत शेरबहादुर देउवा वा अन्य कसैको नेतृत्वमा […]

Continue Reading

माधव नेपालले धाेका दिए : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाएका छन्। वरिष्ठ नेता नेपाल पक्ष सांसद पदबाट राजीनामा लागि तयार नहुने भएपछि बिहीबार बसेको माओवादी स्थायी समिति बैठकमा दाहालले यस्तो ‘ब्रिफीङ’ गरेको स्रोतले जानकारी दिएको छ। “यसपटक पनि उहाँ प्राविधिक कुरामा अल्झिनुभयो, बोल्ड राजनीतिक निर्णय गर्न […]

Continue Reading

केपी ओली नै प्रधानमन्त्री बन्ने निश्चित, बालुवाटार छिरे महन्थ ठाकुर

काठमाडौं । कांग्रेस-माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।   ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत हुनु र एमालेको माधव नेपाल पक्षले राजीनामा नदिनुले बहुमत नपुगेसँगै कांग्रेस माओवादी गठबन्धन शीतल निवास जाने कुराबाट ब्याक भएको हो । राष्ट्रपतिले […]

Continue Reading

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको अहिले भर्खरै साँझ ५ बजेर ५० मिनेट जाँदा मृत्यु भएको संघका महासचिव सुजित श्रेष्ठले नेपाल प्रेसलाई जानकारी गराएका हुन् ।   अध्यक्ष गैरेलाई ९ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो […]

Continue Reading

बालकको मृत्यु भएपछि आफन्तद्वारा अस्पताल तोडफोड

सोलुखुम्बु। उपचारका क्रममा तीन वर्षीय बालकको मृत्युपछि जिल्ला अस्पताल फाप्लुमा तोडफोड भएको छ । सोलुदुधकुण्ड नगरपालिका–४ सुर्केका ङिमानुरु शेर्पाको उपचार ढिला हुँदा ज्यान गएको भन्दै आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् । तोडफोडमा उत्रेका मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । पखला लागेका बिरामी […]

Continue Reading